• कृषि क्षेत्रको आधुनिकीकरणमा योगदान पुर्याउने गरी तरकारीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने,
  • जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने
  • जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारीका अवसरहरु श्रृजना गर्ने

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था जस्ता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ।कृषि क्षेत्रको सम्रग आधुनिकिकरणको प्रक्रियालाई तिव्र पार्न र बाह्य परिवेशसंग सामन्जस्यता ल्याउन आधुनिक कृषिका निम्न आयामहरुलाइ समावेश गरी आधुनिकिकरणको प्रक्रियाको थालनी गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गत आ. व. २०७३।०७४ देखि कार्यान्वयनमा आएको छ ।